एप्स्टिन प्रकरण फाइल खोल्ने विधेयकमा राष्ट्रपति ट्रम्पद्वारा हस्ताक्षर

काठमाडौं । अमेरिकामा बहुचर्चित एप्स्टिन प्रकरण फेरि चर्चामा आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एउटा विधेयकमा हस्ताक्षर गरेपछि सो प्रकरण फेरी सतहमा आएको हो । विधेयकमा ट्रम्पले हस्ताक्षर गरेपछि न्याय विभागले जेफ्री एप्स्टिनसँग सम्बन्धित सबै फाइलहरू सार्वजनिक गर्नुपर्नेछ । यो विधेयकले न्याय विभागलाई ३० दिनभित्र एप्स्टिनमाथिको अनुसन्धानका सबै विवरणहरू खोज्न मिल्ने र डाउनलोड गर्न सकिने ढाँचामा सार्वजनिक गर्न बाध्य बनाउँछ ।

सुरुमा ट्रम्पले फाइल सार्वजनिक गर्ने प्रस्तावको विरोध गरेका थिए । तर एप्स्टिनका पीडितहरू र आफ्नै रिपब्लिकन पार्टीका नेताहरूको चर्को दबाबपछि उनले आफ्नो अडान परिवर्तन गर्नु भएको हो ।

ट्रम्पको समर्थनपछि यो विधेयक अमेरिकी संसदका दुवै सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स र सेनेटबाट भारी बहुमतले पारित भएको हो । अब न्याय विभागले एप्स्टिनसँग सम्बन्धित सबै असंवेदनशील फाइलहरू सार्वजनिक गर्नुपर्नेछ, जसमा शक्तिशाली व्यक्तिहरूको संलग्नता, पीडितका बयान र अनुसन्धानका गोप्य विवरणहरू हुन सक्ने अनुमान गरिएको छ।

फाइल खुलेपछि डेमोक्र्याटहरूको एप्स्टिन सम्बन्ध खुल्ने भनी टिप्पणी गर्नु भएको छ । एप्स्टिन प्रकरणको यो नयाँ मोडले अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ ।

जेफ्री एप्स्टिन एक धनी अमेरिकी वित्त व्यवसायी जसको पहिचान यौन अपराधीको रूपमा स्थापित भएको छ । उनी शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्ध, गोप्य नेटवर्क, र नाबालिगहरूमाथि यौन शोषणको आरोपका कारण बदनाम भएका थिए । जसको सन् २०१९ मा कारागार मै भएको मृत्यु अहिले पनि शंकास्पद रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर