गृहको आग्रह : शान्तिपूर्ण रुपमा कार्यक्रम गरौं
काठमाडौं । गृह मन्त्रालयले बारा जिल्लाको सिमरा घटनाप्रति ध्यानाकर्षण भएको भन्दै कार्यक्रमहरु गर्दा शान्तिपूर्ण रुपमा गर्न आग्रह गरेको छ । गृहले सबै पक्षलाई आ–आफ्नो कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वयन गर्न अनुरोध गरेको हो । ‘कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्न र अभिव्यक्ति राख्दा गम्भीर हुन अनुरोध गरेको छ’, गृहको विज्ञप्तिमा उल्लेख छ ।
जेनजी आन्दोलनपछिको परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधि भएमा वा कुनै समस्या परेमा गृह मन्त्रालयले स्थापना गरेको सहायता कक्षमा जानकारी दिन अनुरोध गरेको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले शान्ति सुरक्षा कायम गर्न र नागरिकको समस्या सम्बोधनका लागि उक्त अनुरोध गरिएको बताए । उनले मन्त्रालयले सार्वजनिक गरेको सहायता कक्षको मोबाइल नम्बर ९८५१३६०६०३ मार्फत फोन, एसएमएस, ह्वाट्सएप, भाइबरबाट जानकारी दिन सकिने पनि बताए ।
सूचनामा भनिएको छ, “जेनजीद्वारा भएको प्रदर्शन पश्चात् विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधि भए÷गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाईवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।”
