मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त
काठमाडौं । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्धको पद अनुकुल आचरण नगरेको प्रश्ताव दुई तिहाइ बहुमतले पारित भएसँगै पदमुक्त भएका छन् ।
मधेस प्रदेश सभाको बुधवार बसेको बैठकले सो प्रश्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो । प्रस्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमार राउतले प्रदेशसभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी हुन् ।
गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव उपर आज छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा बैठक आह्वान गरेकी थिइन् ।
प्रतिक्रिया
