राजनीतिक अस्थिरतालाई निर्वाचनबाट स्थायी निकास दिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको राजनीतिक अस्थिरतालाई निर्वाचनबाट स्थायी निकास दिनुपर्ने बताउनुभएको छ । बुधबार राजनीतिक दलसँगको छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामीले राजनीतिक अस्थिरतालाई निर्वाचनको स्थायी निकास दिनैपर्छ। इतिहासको यस संवेदनशील घडीमा मुलुक र लोकतन्त्रप्रति हामी कति इमानदार रह्यौँ भनेर भावी पुस्ताले पनि हाम्रो जाँच गर्नेछ।’

सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे जानकारी दिने उदेश्यले सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएको हो ।  सिंहदरबारमा बसेको  सर्वदलीय बैठकलाई प्रधानमन्त्री कार्कीले सम्बोधन गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले नेकपा एमालेलाई संसद पुनः स्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहुन आग्रह गर्नुभयो ।

सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे  जानकारी दिने उद्देश्यले बोलाइएको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।  बैठकमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी  र नेकपा एमालेलगायत निर्वाचन आयोगमा दर्ता भएका १२५ दलका विभिन्न  नेताहरु सहभागी हुनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर