बञ्चरेडाँडामा फेरि फोहर राजनीति !!

काठमाडौं ।  स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्जन आजदेखि पुनः प्रभावित भएको छ । नुवाकोटको ककनी र धादिङको धुनबेँसीमा रहेकाे बञ्चरेडाँडामा फोहर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै काठमाडौं उपत्यकाबाट फोहर बोकेर गएका गाडी रोकेका हुन् ।

फोहर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्ने लगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयवासीले गएको कात्तिक दोस्रो हप्ता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए । फोहर विर्सजनमा गरिएको अवरोध खुलाउन प्रभावित क्षेत्रमा गत कात्तिक १६ गते शहरी विकासमन्त्री कुलमान घिसिङले सहमति गरेपछि अवरोध हटेको थियो । तर प्रतिबद्धता कार्यान्वयन नभएकाले आजदेखि अवरोध गरेको धुनबेँसी नगरपालिका–१ का निराञ्जन सञ्जेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर