सवारी चालक अनुमतिपत्रको आवेदन पुनः अवरुद्ध
काठमाडौं । सवारी चालक अनुमतिपत्रको आवेदन पुनः अवरुद्ध भएको छ । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि अनलाइन आवेदन र इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा बन्द भएको हो ।
विभागले शुक्रबारदेखि अर्को सूचना प्रकाशित नहुँदासम्म यो सेवा बन्द रहने जानकारी दिएको छ । २-२४ भदौको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको कार्यालय जलेर पूर्ण रूपमा नष्ट भएको थियो । त्यस क्रममा डेटा सेन्टरमा समेत क्षति पुगेपछि विभागका सम्पूर्ण सेवा प्रभावित भएका थिए । करिब दुई महिनापछि यही १६ कात्तिकदेखि लाइसेन्स सम्बन्धी सेवा आंशिक रूपमा सञ्चालनमा ल्याइएको थियो ।
पूर्ण रूपमा सञ्चालनमा नआउँदै यसपटक उक्त आंशिक रूपमा सञ्चालित सेवा समेत बन्द हुन पुगेको हो ।

प्रतिक्रिया
