आज कार्तिक २५ गते मंगलबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारमा जिम्मेवारी बढ्ने र मानसम्मानका अवसर प्राप्त हुनेछन्। माताको साथ र सहयोगले अप्ठ्यारा परिस्थितिलाई पनि सुल्झाउन सक्नुहुन्छ। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा संयम वा स्पष्ट संवाद राख्नुहोस् सफलता मिल्नेछ। विद्यार्थीहरू पढाइमा एकाग्रता बनाएर राख्नुहोस्। बौद्धिक कार्यमा प्रगति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आर्थिक स्थिति सुदृढ रहनेछ। पारिवारिक सहयोगले मनोबल उच्च रहनेछ। आर्थिक निर्णयहरूमा विवेकको प्रयोग गर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। व्यवसायमा स्थिरता आउनेछ। सहयोगीहरूको राम्रो साथ र सहयोग पाइनेछ। शान्तिपूर्ण ढंगले कुनै पनि समस्यालाई सुल्झ्याउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सकारात्मक दृष्टिकोण राख्ने प्रयास गर्नुहोस्। वैवाहिक सम्बन्धमा तनाव र मतभेद उत्पन्न होला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ लगानी लगाउने अवसर मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। दाजुभाईमा आत्मीयता वा आपसी समझदारी बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा परिश्रम र योजनाबद्ध प्रयासको प्रशंसा हुनेछ। आँटेको काममा सफलता मिल्ला। साहित्य र रचनात्मक कलामा विशेष सफलता प्राप्त होला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वरिष्ठ व्यक्तिहरूको सहयोग र मार्गदर्शन प्राप्त होला। व्यक्तिगत कार्यमा सफलता मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिको विकास हुनेछ। आफ्नो प्रतिभा वा क्षमताको परिचय दिन सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनीतिक वा सामाजिक गतिविधिमा उल्लेखनीय प्रगति हुनेछ। स्वास्थ्यको दृष्टिले समय अनुकूल नहोला। आत्मविश्वासमा कमी आउनेछ। आजको शुभ रंग हरिय‍ो हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जनसेवा वा सेवामूलक कामबाट प्रतिष्ठा बढ्नेछ। योजना वा विचारहरू गुप्त राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा कुनै निराधार आरोपको सामना गर्नुपर्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिस्पर्धात्मक कार्यहरूमा सफलता मिल्नेछ। अनावश्यक खर्चबाट जोगिनुहोस्। आलस्यले गर्दा काम समयमा सम्पादन नहोला। परिश्रमबाट सफलता प्राप्ति गर्न सकिएला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेम सम्बन्धमा सकारात्मक संकेत मिल्नेछ। अध्ययन अध्यापनमा र संगीतको क्षेत्रमा सफलता मिल्नेछ। ईष्टमित्रको सहयोगले रोकिएका कार्य सम्पादन हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर