१ सय २५ वटा राजनीतिक दल दर्ता, १८ वटा प्रक्रियामा

काठमाडौं । निर्वाचन आयोगमा हालसम्म १ सय २५ वटा राजनीतिक दलहरू दर्ता भएका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले १८ वटा राजनीतिक दलहरूले दर्ताका लागि आयोगमा निवेदन दिएको बताए ।

उनकाअनुसार १८ मध्ये ९ वटा राजनीतिक दलहरूले अघिल्लो आर्थिक वर्षमा कागजात पेश गरेपनि पुग्ने गरी कागजात पेश नगरेकाले विचाराधीन अवस्थामा रहेका छन् । अहिले १८ वटा राजनीतिक दलहरू दर्ता प्रक्रियामा रहेका छन् । प्रवक्ता भट्टराईले अहिले निर्वाचन कार्यायोजना प्रकाशित भइसकेको र निर्वाचन कार्यक्रम प्रकाशन गर्न बाँकी रहेको पनि बताए ।

उच्चस्तरीय निर्वाचन सुरक्षाको बैठक पनि सम्पन्न भइसकेको र बैठकका निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको बताए । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मङ्सिर १ देखि १० गतेसम्म राखिएको र कार्तिक मसान्तसम्म दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसकेका दलहरूले निर्वाचनमा भाग लिन दल दर्ता गर्न सक्ने स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर