फेसबुकमा फोहरी शब्द लेख्ने बालेनविरुद्ध युवा संघको उजुरी
काठमाडौं । नेकपा एमालेनिकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध उजुरी दिएको छ । युवा संघका नेताहरू बिहीबार साइबर ब्युरो पुगेका थिए र मेयर शाहविरुद्ध सामाजिक सञ्जालमा लेखिएको स्टाटसलाई लिएर उजुरी दिएका हुन् ।
युवा संघले मेयर साहले आफ्नो स्टाटसमा प्रयोग गरेको आपत्तिजनक शब्दले राजनीतिक दलहरूको मानमर्दन गरेको दावी गर्दै उजुरी दिएको छ । मेयर साहहले यही १६ कात्तिकको मध्यराति उक्त स्टाटस लेखेका थिए र केही समयपछि पेजबाट हटाएका थिए। साइबर ब्युरोले उजुरी परेको विषयबारे बुझिरहेको जनाएको छ ।
प्रतिक्रिया
