सरकारले मलेसियालाई पठायो कूटनीतिक नोट

काठमाडौं ।  परराष्ट्र मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत मलेसियाको परराष्ट्र मन्त्रालयलाई कूटनीतिक नोट पठाइसकेको जनाएको छ । श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारले नेपालसहितका देशमा रहेका वैदेशिक रोजगार व्यबसायीका लागि तोकेको मापदण्ड तत्काल कार्यान्वयन गर्न नसकिने आशयसहितको कूटनीतिक नोट पठाएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले श्रम मन्त्रालयबाट आएको कूटनीतिक नोट बुधबार मलेसियाको परराष्ट्र मन्त्रालयमा पठाइसकेको जानकारी दिए। श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले मङ्गलबार परराष्ट्र मन्त्रालयमार्फत पठाएको पत्रमा अहिलेको सर्त जटिल रहेको र दुई पक्षीय वार्ताबाट समस्या समाधान गर्न सकिने उल्लेख गरेको जानकारी दिए ।

उनले भने, ‘सर्त अप्ठ्यारो भएको प्रश्न उठेपछि तत्कालै कार्यान्वयन गर्न नसकिने भएपछि हामीले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया परराष्ट्रलाई पत्राचार गरेका हौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर