आठ दलीय वाम एकता : नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहित ९ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रज्ञाभवन कमलादीमा जारी बैठकका नयाँ बन्ने पार्टीको बारेमा जानकारी गराएका हुन् ।

संयोजक प्रचण्डले चुनाव चिन्ह भने पाँचकुने तारा रहने सहमति भइसकेको बताए । भोलि (बुधबार) नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न ८ कम्युनिष्ट घटकबीच एकता घोषणा हुँदैछ ।

यसैबीच प्रचण्डले डा.भीम रावललाई पनि एकताको प्रक्रियामा ल्याउने प्रयास भइरहेको बताए । माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भोलि हुने ८ दलीय वाम एकता ऐतिहासिक हुने उनले बताए ।

‘भोलि ऐतिहासिक एकता हुन्छ । विगतमा टुटेका कडीहरू जोडिने छन् । भीम रावलजी पनि भोलिको एकतामा सामेल हुने कुरा अन्तिम चरणमा छ’,– उनले भने ।

यसैबीच उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न दलबीच भएको एकता घोषणा र नयाँ दलको चुनाव चिन्हको लागि अघि सारिएको पाँचताराप्रति आपत्ति जनाएको छ ।

रास्वपाका प्रवक्ता मनिष कुमार सुमनले आज एक विज्ञप्ती निकाल्दै आफ्नो दलको झण्डामा प्रयोग गरी आएको उक्त पाँच कुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रुपमा प्रयोग नगर्न अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर