माओवादी त्याग्दै नयाँ पार्टी खोल्दै जनार्दन शर्मा पौडेल
काठमाडौं । जनयुद्धका कमान्डर एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्नो माओवादी पार्टी त्याग्दै नयाँ पार्टी खोल्न लागेका छन् । विगत लामो समयदेखि प्रचण्डसँग विमति राख्दै आएका शर्मा नेकपा एससहित साना दलसँग एकता ष्षियमा आपत्ति जनाउँदै आएकोमा उक्त आपत्तिलाई अब बेग्लै पार्टीको स्वरूप दिन लागेको सय विषयमा आफ्नो धारण सार्वजनिक गर्न उनले आज पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।
उनको पत्रकार सम्मेलन सत्कार क्याफे बखुण्डोल ललितपुरमा दिउँसो २ः३० बजे हुनेछ। शर्माले आइतबार नेकपा माओवादीका नेता जनार्दन शर्माले संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एकता प्रक्रियामा आफू सहभागी नहुने प्रस्ट पारेका भनिसकेका छन्। माओवादीले आज दिउँसो १ बजे महाधिवेशन आयोजक समितिको बैठक राखेर एकता अनुमोदन गर्दै छ। तर शर्माले भने यो एकता प्रक्रिया तत्काल रोक्ने भनेका छन्। शर्माले नयाँ खोल्न लागेको पार्टीमा नेकपा एसका भरलना, घनश्याम भुसाल, माओवादीका सुदन किराँतीलगायतको समर्थन रहने पनि समाचार स्रोतको दावी रहेको छ ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत मिलेर अर्को मोर्चा बनाउने तयारी छ। शर्मालाई माओवादीका सचिव राम कार्की, पूर्वमन्त्री समेत रहेका सुदन किराँतीलगायतको साथ छ। यस्तै, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, माओवादीका सचिव राम कार्कीको साथ रहने चर्चा छ।
