संखुवासभाको किमाथांका क्षेत्रमा भूकम्प

काठमाडौं ।  पूर्वी नेपालको संखुवासभा जिल्लाको किमाथांका क्षेत्र (नेपाल–चीन सीमा नजिक) केन्द्रबिन्दु भएर मङ्गलबार बिहान स्थानीय समय अनुसार ७ : ३२ बजे ४.३ म्याग्निच्युडको भूकम्प आएको छ ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खानी तथा भू-गर्भ विभागका अनुसार भूकम्पको स्थानीय परिमाण ४.३ रहेको हो । केन्द्रबिन्दु संखुवासभाको किमाथांका आसपास, तिब्बत सीमाक्षेत्रमा रहेको बताइएको छ ।

हालसम्म कुनै ठुलो भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । तर पूर्वी क्षेत्रका केही स्थानहरूमा हल्का धक्का महसुस गरिएको स्थानीयवासीहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर