राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण
भक्तपुर । राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मृतिमा आयोजित माल्यार्पण तथा सम्मान समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले साख्वाःको प्रतिमामा माल्यार्पण गर्नुभएको छ । नेपाल संवत् ११४६ को अवसरमा ऐतिहासिक योगदानको स्मरण गर्दै शंखधर साख्वाःको समाजसेवी आदर्शलाई वर्तमान युगमा पनि आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रधानमन्त्री कार्कीले नेपाल संवत् लाई कुनै शासक वा युद्धको विजयबाट नभई एक समाजसेवी व्यापारीको त्याग र परोपकारको आधारमा सुरु भएको अद्वितीय संवत् को रूपमा चित्रण गर्नुभयो । समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई थप निर्देशन दिने प्रतिबद्धता जनाउनुभयो । साथै, नेपाल राष्ट्र बैङ्कद्वारा जारी गरिने नोटहरूमा पनि नेपाल संवत् समावेश गर्ने प्रक्रिया अघि बढाउने विषयमा परामर्श सुरु गर्ने जानकारी दिनुभयो । नेपालमा अझै पनि गरिबी, असमानता र पारदर्शिताको सङ्कट रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ।
साख्वाःले देखाउनुभएको बाटो—सामाजिक सेवा, त्याग र न्याय—आजको सन्दर्भमा अझ सान्दर्भिक रहेको बताउनुभयो । भर्खरै सम्पन्न ुजेनजी आन्दोलनमा युवाहरूले देखाएको जागरण र सरकारप्रतिको असन्तोषलाई स्मरण गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । आन्दोलनकै बलमा नागरिक सरकार गठन भएको र यो सरकारले संविधानअनुसार सबैको आवाज सम्बोधन गर्ने दायित्व लिएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया
