सानाई टाकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री

काठमाडौं । सानाई टाकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेता चुनिएकी सानाई आज मंगलबार संसद्को तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी हुन्।

६४ वर्षीय सानाईले प्रतिनिधिसभाका ४ सय ६५ सदस्यमध्ये २ सय ३७ मत प्राप्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। बहुमतका लागि २ सय ३३ मत आवश्यक रहेकोमा त्यो सीमा पार गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर