कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । आज शनिबार बस्ने भनिएको बैठक पार्टीका पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनका कारण कात्तिक १३ सम्मका लागि स्थगित गरिएको छ ।
हिजो बसेको बैठकमा महामन्त्री गगन थापाले मंसिरमा सम्पन्न गर्ने महाविधेशनको प्रस्ताव तालिका प्रस्तुत गरेका थिए । उनले मंसिर २७–२९ गते १५ औं महाधिवेशनको तालिका सार्वजनिक गरेका थिए । उही विषयमा व्यापक छलफल गर्न तयारी गरिएको बैठक अब कार्तिक १३ गतेपछि मात्र बस्ने बताइएको छ ।
प्रतिक्रिया
