पश्चिमी सभ्यतामा लुसिफर भनेको सैतान (दानव) हुन् । ल्याटिन भाषामा लुसिफरको अर्थ ‘उज्यालो ल्याउने’ वा ‘बिहानीको तारा’ भन्ने हुन्छ । कुनै समय लुसिफर सुन्दर, शक्तिशाली स्वर्गदूत थिए । स्वर्गमा पनि उनको स्थान उच्च थियो । सौन्दर्य, शक्ति र बुद्धिमा उनी श्रेष्ठ थिए । तर आफ्ना यिनै कुरामा घमण्ड गरेर लुसिफरले आफूलाई ईश्वरको बराबरीमा राख्न खोजे । उनको यही चाहना स्वर्गमा विद्रोहको कारण बन्यो । ईश्वरले यो विद्रोहलाई पाप माने र लुसिफरलाई स्वर्गबाट खसालिदिए ।
उनी ‘फलन एन्जल’ अर्थात् पतीत स्वर्गदूत बने । स्वर्गबाट खसालिएपछि लुसिफर नर्कमा पुगे । यहाँ उनले सैतानको रूप लिए । सैतानको स्वरूपमा लुसिफरले मान्छेलाई पथभ्रष्ट गर्ने, पाप कार्यतिर आकर्षित गर्ने, एडम र इभलाई वर्जित फल खान प्रेरित गर्ने सर्पलाई पनि लुसिफरको एक रूप मानिन्छ ।
