देशभर मौसम मुख्यतया: सफा रहने
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया: सफा रहेको छ ।
आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया: सफा रहने छ । देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया
