भक्तपुरबाट ७ राउन्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं । भक्तपुरबाट ७ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुका अनुसार उक्त गोलीसहित सर्लाहीको लालबन्दी नगरपालिका ५ का ४० वर्षीय गोपाल विक पक्राउ परेका हुन्।

उनी हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित सकुम्बासी बस्तीमा बस्दै आएका थिए। उनीबाट बरामद भएका गोलीमा ५६ केएफ १३ उल्लेख छ। जेनजी आन्दोलनका क्रममा लुटिएका हुन् कि होइनन् भन्ने एकिन भइसकेको छैन। जिल्ला अदालत भक्तपुरबाट ४ दिन म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको पनि डीएसपी जवेगुले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर