देशका पहाडी भू-भागमा आंशिक बदली रहने

काठमाडौं ।  देशभर पश्चिमी वायुको आंशिक प्रभावसँगै मनसुनी तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको यो प्रभाव सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानमा देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा हुनेछ। यद्यपि, कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पनि कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा मौसम रहनेछ। रातिको समयमा पनि कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर