एमाले सर्वोच्च अदालत जाने तयारी, रणनीति तय गर्न छलफल

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालत जानेबारे छलफल चलाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालत जानेबारे छलफल भइरहेको जानकारी दिए । उनले यो कदम अनिवार्य र स्वाभाविक रहेको बताएका छन् ।

‘हामीले यो विषयमा गम्भीर छलफल गरिरहेका छौं । यस विषयमा नेकपा एमाले र कांग्रेस एकताबद्ध भएर अदालत जाने निर्णयमा पुग्नेछौं’ उनले भने । उनका अनुसार, अदालत जाने मोडेल र समय तय गर्न अझै केही छलफल बाँकी रहेको छ । ‘कुन दिन अदालत जाने भन्ने टुंगिन बाँकी छ । विभिन्न मोडेलहरू छन्, ती बारेमा पनि छलफल भइरहेको छ,’ गौतमले थपे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर