पूर्वी क्षेत्रमा वर्षा जारी : सतर्क रहन आग्रह

काठमाडौं । कोशी र मधेश प्रदेशका पूर्वी भू-भागका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ । उदयपुर र आसपासका एक-दुई स्थानमा भारी वर्षासमेत भएको छ । वर्षा हुने क्रम अझै जारी रहने भएकाले सतर्कता अपनाउन जल तथा माैसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले आफ्नो एक्स एकाउन्टमा जारी सूचनामा भनिएको छ, “बिगत ६ घण्टामा विशेष गरी कोशी प्रदेश र मधेश प्रदेशको पूर्वी भू-भागका धेरै स्थानमा मध्यम वर्षा भैरहेको र उदयपुर जिल्ला आसपासका एक-दुई स्थानमा भारी बर्षा समेत भएको छ।अहिले वर्षा भैरहेको उल्लेखित स्थानहरूमा थप वर्षाको सम्भावना रहेकोले सतर्क रहनु होला ।”
प्रतिक्रिया