बल्खुस्थित सुकुम्वासी परिवारको स्थानान्तरण

काठमाडौं ।  काठमाडौं  महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि नदी किनारमा बसोबास गरिरहेका  १०० सुकुम्वासी परिवारलाई स्थानान्तरण गरेको छ ।
बल्खु कुलेश्वर नदि छेउछाउमा रहेको बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई जनविकास माध्यमिक विद्यालय बल्खुमा स्थानान्तरण गरेको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बल्खुस्थित तरकारी बजारमा पानी पसेपछि बजारसमेत खाली गराइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर