मुग्लिन–नारायणगढ सडक खण्ड बन्द

काठमाडौं ।  तुइनखोलामा लगातार पहिरो खस्न थालेपछि मुग्लिन–नारायणगढ सडक खण्ड बन्द भएको छ । भारी वर्षाका कारण तुइनखोलामा ससाना पहिरो खस्न थालेपछि बाटो अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जोखिम बढेकाले यातायात बन्द गरिएको जानकारी दिनुभयो ।

दिउँसो एकतर्फी सवारी साधन चले पनि ३ बजेदेखि बन्द गरिएको छ । अहिले पनि ढुङ्गा खसिराखेको प्रहरीले जानकारी दिएको छ । मुग्लिन मलेखु सडक खण्डअन्तर्गत चितवनको फिसलिङमा आएको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ । दिउँसो १ बजे खसेको पहिरो २ बजे पन्छाएपछि यातायात सञ्चालनमा आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर