सडक प्रयोगकर्ताले ९८५१४१६८९३ मा सम्पर्क गर्न सकिने

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १८ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ । विभागले सडक प्रयोगकर्तालाई आवश्यक सूचना पाउन टोल–फ्री नम्बर ९८५१४१६८९३ वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

लगातारको वर्षाका कारण देशभरका चारवटा राजमार्ग खण्डमा सवारी आवागमन अवरुद्ध भएको सडक विभागले जनाएको छ । अवरुद्ध खण्डमा ताप्लेजुङको फक्ताङलुङ–बेल्ली खोलादेखि रुकुमको तादीगाउँ–डिङ्ग्रे, संखुवासभाको अर्खटेप र सिन्धुलीको १०४ किलोमिटर क्षेत्रअन्तर्गतका भाग समावेश छन् ।  विभागले पहिरो पन्छाउने काम भइरहेको र सडक छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिएको छ ।

सडक विभागले विशेषगरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै यी स्थानहरूमा रातिको समयमा (बेलुकी ८ देखि बिहान ५ बजेसम्म) यात्रा नगर्न विभागले आग्रह गरेको छ  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर