सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

काठमाडौं । सर्लाहीको हरिपुवामा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु गएको छ । हरिपुवा नगरपालिका वडा नम्बर १ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, आठ वर्षीय डिल्लु मन्सुर र नौ वर्षीया नर्गिस खातुनको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए ।

ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएका थिए । अस्पताल पुर्‍याउने बित्तिकै डाक्टरले उनीहरुलाई मृत घोषणा गरेका उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर