तुइन खोलाको पहिरोबाट यात्रु अलपत्रमा

काठमाडौं ।  मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै सोमवार मध्यान्ह १२ बजे सुख्खा पहिरो खस्दा दशैं मनाउन हिडेका यात्रुहरु अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार पहिरो पन्छाउने काम सुरू भएको छ । पहिरो पन्छाउन दुईवटा डोजर र दुईवटा एक्सावेटर सञ्चालन गरिएका छन् ।

पहिरो स्थलमा जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्मा र इप्रका मुग्लिनको टोली सक्रिय छ । सडक अवरुद्ध भएपछि १२ बजेदेखि नै ठाउँ–ठाउँमा सवारी साधन रोकिएका छन् ।

ट्राफिक प्रहरी प्रमुखका अनुसार माथिबाट झर्दै गरेको पहिरो रोकिएमा अपरान्हसम्म एकातर्फी सडक खुलाउन सकिने अवस्था छ । गत भदौ ३१ गतेदेखि उक्त स्थानमा सुख्खा पहिरो झर्न सुरू भएको हो । लगातार सुख्खा पहिरो झरेपछि तुइनखोला नजिकैको पहाड अस्थिपञ्जरजस्तै देखिएको छ । इच्छाकामना गाउँपालिका –५ मा पर्ने उक्त स्थान मुग्लिनदेखि तीन किलोमिटर नारायणगढतर्फ पर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर