जेनजी आन्दोलन : घाइते लक्ष्मण राईको मृत्यु

काठमाडौं ।  जेनजी आन्दोलनको क्रममा घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा उनको टाउकोको पछाडि प्रहरकिो गोली लागेको थियो ।

पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ ।

उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए । दुई दिनसम्म घाइते अवस्थामा आईसीयूमै गुमनाम भएका उनी काठमाडौंका बालाजुमा मजदुरी गर्दै आएका थिए । तर, उनको सम्पर्क नियमित रूपमा परिवारसँग थिएन । उनी उपचारकै क्रममा कोमामा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर