कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना 

काठमाडौं। हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको प्रभाव देखिएको छ। यसको असरस्वरूप आज (आइतबार) देशका पहाडी भू-भागमा बदली र केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराई भू-भागका पनि एक–दुई स्थानमा वर्षा हुन सक्छ। विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। राति गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश का पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर