पृतनापतिहरूको बैठक सम्पन्न

काठमाडौं ।  नेपाली सेनाको वार्षिक कार्यतालिकाअनुसार यस वर्षको पहिलो पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ। जंगी अड्डामा आयोजित बैठकमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, र निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति र सबै पृतनापतिहरूको भर्चुअल सहभागिता रहेको थियो।

बैठकमा सहभागी विभागीय प्रमुख तथा पृतनापतिहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान अवस्था, सम्पादित कार्यहरूको समीक्षा, र भविष्यका योजनाहरूबारे विस्तृत प्रस्तुति दिएका थिए। उनीहरूले राष्ट्रिय सुरक्षा र सेनाको आधुनिकीकरणका विषयमा सुझावहरूसमेत प्रस्तुत गरेका थिए।

बैठकमा बलाध्यक्ष रथी प्रदीपजंग केसीले स्वागत मन्तव्य राख्दै बैठकको महत्त्वमाथि प्रकाश पारेका थिए। बैठकको समापन प्रधानसेनापति अशोक राज सिग्देलले गरेका थिए। उनले प्राप्त सुझावहरूलाई सम्बोधन गर्दै सेनालाई अझ प्रभावकारी बनाउन सबैलाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर