आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं  । देशभर मनसुनी वायुको प्रभाव कमजोर भए पनि स्थानीय वायुको असरले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ।

विभागले जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुनेछ।

विशेषगरी, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले उक्त क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। देशका अन्य भू-भागमा भने मौसम आंशिक बदली रहने र एक-दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

आज राति पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। मौसमविद्हरूका अनुसार, हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले लगातारको झरीको सम्भावना कम छ, तर स्थानीय वायु सक्रिय हुँदा छोटो समयका लागि वर्षा हुने गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर