तुईन खोला नजिकको पहिरो हटाउन भोलिसम्म लाग्ने

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोला नजिकको पहिरो भोलिसम्म मात्र हटाउन सकिने भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले सडकमा थुप्रिएको पहिरोको परिमाण १२ हजारदेखि १४ हजार घनमिटर रहेको आँकलन गरिएकोले सो हटाउन भोलि दिउँसोसम्म लाग्न सक्ने जानकारी दिएको हो । हाल बिहान ६ बजेदेखि दुवैतर्फबाट पहिरो हटाउने कार्य जारी रहेको कार्यालयले जनाएको छ ।

साथै सडक डिभिजनले पहिरो सफा गर्ने कार्यको लागि कुरिनटार तथा भरतपुरबाट इन्धनलगायत अन्य आवश्यक उपकरणहरु बोकी सडक विभागका गाडीहरु आवतजावत हुने हुँदा सो को सहजीकरणको लागि लेन अनुशासन अनिवार्य रुपमा कायम गरिदिन अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर