मुग्लिन नारायणगढ सडकखण्ड : तुइनखोलाको पहिरो हटाउन सुरु

काठमाडौं ।  अस्ति शुक्रबारदेखि पहिरोले अवरुद्ध  को पहिरो हटाउने काम आज आइतबार बिहानदेखि सुरु भएको छ । अहिले पनि सिमसिम पानी परेकाले तुइनखोलामा आएको पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए । दुवैतर्फबाट पहिरो पन्छाउने काम भए पनि पानी परेकाले काम गर्न कठिन भइराखेको उनले जानकारी दिए ।

‘‘३६ घण्टादेखि अवरुद्ध सडक सञ्चालनका लागि हामीले प्रयास गरेका छौं ।,’’ उनले भने, ‘‘वातावरण सहज भएमा केही घण्टापछि यातायाता सञ्चालन गर्न सकिन्छ ।’’ सिमसिम पानी पर्ने र अहिले पनि पहिरो जाने क्रम हुँदा काम गर्न कठिन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर