देशभरका विभिन्न १७ सडक अवरुद्ध

काठमाडौं ।   देशभरका विभिन्न १७ सडक अवरुद्ध छन् ।  वर्षा र तत्पश्चात् आएको पहिरोका कारण यातायात अवरुद्ध भएको हो । रसुवाको गल्छी–त्रिशूली–मेलुङ्ग–स्याप्रुबेंशी–रसुवागढी सडक खण्ड अवरुद्ध छ । यता हुम्लाको कर्णाली कोरिडोरको खुलालु–सल्लीसल्ला सडक खण्ड पनि पहिरोको कारण अवरुद्ध छ ।

संखुवासभामाको कोशी सडक आयोजनाको लेगुवाघाट–तुम्लिङ्गटार–खाँदबारी खण्ड पनि अवरुद्ध रहेको छ ।  ताप्लेजुङको मेलघाट दोभान सडक खण्ड, रुकुम पश्चिमको भेरी करिडोर, रोल्पाको  सहिद मार्ग सडक आयोजनामा निरन्तरको वर्षा र पहिरोका कारण सडक बन्द भएको छ। सुर्खेत, सङ्खुवासभा, सिन्धुपाल्चोक,म्याग्दी, बैतडी, अर्घाखाँची, ओखलढुङ्गा, चितवनका विभिन्न  सडक खण्ड पहिरोको कारण अवरुद्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर