आज असोज ४ गते शनिबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पहिलादेखि निर्धारित गरेका कार्यक्रमहरूलाई समय दिनुहोस्। सामाजिक आयोजनामा हजुरको प्रशंसा हुनेछ। पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा परिवारको सहयोग मिल्नेछ। राम्रो परिणामले विद्यार्थीहरूको आत्मबलमा वृद्धि हुनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रचनात्मक कार्यमा मन लाग्नेछ। महत्त्वाकांक्षी योजनाहरू पूरा हुनेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा अतिरिक्त कार्यभारले तनाव रहनेछ। सञ्चित धनमा वृद्धि हुनेछ| लापर्वाहीले गर्दा अधिकारी वर्गहरू अप्रसन्न रहलान्। आत्मचिन्तनमा समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारी व्यापारमा पारदर्शिता बनाएर राख्नुहोस्। योजनाहरू गुप्त राख्नुहोस्। राजनैतिक प्रभाव बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जग्गा जमिनमा लगानी लगाउनुभन्दा अघि अनुभवी व्यक्तिहरूसंग सल्लाह लिनुहोस्। इष्टमित्रहरूको सहयोग मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरेलु वा सामाजिक कार्यमा व्यस्त रहनुहुनेछ। धेरै समयदेखि रोकिएका कार्य बन्नाले मन प्रसन्न रहनेछ। प्रशासनिक वा राजकीय पक्षबाट सहयोग मिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा दिएका दायित्वहरू समयमा निभाउन सफल भइनेछ। आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। नयाँ कामको प्रस्ताव आउने वा मनग्य धन आर्जन गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रियजनसँग भेटघाटले मनोरञ्जनात्मक समय बित्नेछ। व्यापारको सम्बन्धमा गरेको यात्रा लाभदायी रहनेछ। अरुको झैँ झगडा सुल्झाउन आफू अगाडि नबढ्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एकाग्रताको साथमा मेहनत गर्नुभयो भने परिणाम अवश्य राम्रो आउनेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) तपाईँको कार्य समितिमा सुधार हुनेछ। समाजमा मानसम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुनेछ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा लाभका अवसरहरू प्राप्त हुनेछन्। साझेदारी व्यापारमा लाभ मिल्नेछ। पुरानो विचारहरू छोडेर नयाँ विचारहरूलाई समय दिनुहोस्। माननीय जनहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग सेत‍ो हो भने शुभ अंक ८ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर