सभामुख पाठकद्वारा राजीनामा

काठमाडौं ।  बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएको छ । भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरी पाठकले आज कानूनी प्रक्रिया अनुसार पदत्याग गरेका हुन् ।

उपसभामुखलाई सम्बोधन गरिएको राजीनामा पत्रमा, नेपालको संविधान र प्रदेश सभाको नियमावली २०७४ बमोजिम आफूले प्रदेशसभाको सभामुख पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ ।

यसैगरी, प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई समेत यस बारेमा जानकारी गराइएको छ । राजीनामा पत्रमा पाठकले राष्ट्र संकटको घडीमा रहेको र नेपाली जनताको चाहना तथा युवा पुस्ताको भावनाविपरीत पदमा बसिरहनु उचित नहुने ठहर गरी पदत्याग गर्ने निर्णय लिएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर