अर्थमन्त्री खनालद्वारा पदबहाली

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हाल्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उहाँले पदबहाली गर्नुभएको हो । पदभार ग्रहणपछि उनले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेका छन्। उहाँ पूर्व अर्थसचिव पनि हुनुहुन्छ ।
राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँलाई आइतबार साँझ अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
प्रतिक्रिया