जेन–जीका प्रमुख अभियन्ता सुदन गुरुङमाथि हातपात

काठमाडौं ।  हामी नेपालका अध्यक्ष एवं जेन–जी आन्दालनका सूत्रधार सुदन गुरुङमाथि पत्रकार सममेलनमा नै हातपात भएको छ । संघीय राजधानी काठमाडौंमा आज आइतबार आयोजित एक पत्रका सममेलनमा गुरुङले जेन–को भावनाअनुसार काम नगरेमा सुशीला कार्की नेतृत्वको सरकार पनि ढाल्ने आफ्नो मन्तव्य राख्दा उनीमापथ अचानक हातपात भएको हो ।
गुरुङले “कसैलाई पनि छाडिन्न,कुनै नेतालाई घरबाट बाहिर निस्कन दिइन्न” भनेपछि कार्यक्रम स्थलमै झडप भएको हो।

गुरुङले जेनजी पुस्ताबाटै आफूलाई नेतृत्व गर्न आग्रह आएपछि नै अगाडि बढेको उनको दाबी थियो। उनलाई उनको नागरिकता, स्वतन्त्र तिब्बतको अभियान चलाइरहेको र भारतीय जासूसी संस्था “रअ“ सँगको सम्बन्धलगायतका विषयमा कार्यक्रममा सहभागीहरूले प्रश्न सोधेका थिए।

कार्यक्रममा एक सहभागीले ूयुवा पुस्ताको प्रतिनिधित्व भनेर ७३ वर्षको व्यक्तिलाई किन प्रधानमन्त्री बनाएकोरुू भनेर प्रश्न गरेपछि उनी रिसाएर निकै उत्तेजित हुँदै उनले ८० वर्षमा नभएको परिवर्तन भएको छ यो परिवर्तन हैन भन्दै जवाफ फर्काएका थिए।

कार्यक्रममा प्रदर्शनकोक्रममा भएको आगलागीको जिम्मेवारी कसले लिने भन्ने प्रश्नमा उनले “आफूले आगो नलगाएको तर अन्त्य भनेको गरेको” भन्दै आन्दोलन नसकिएको यो सुरुवात मात्र भएको बताएका थिए। कार्यक्रममा सहभागीहरूले थर्काउने हो भन्दै प्रश्न गरेपछि उनले थर्काएको हैन भनेका थिए।

उनले अब कुनै पनि नेताहरूलाई घरबाट बाहिर निस्कनै नदिने भन्दै विरोध कार्यक्रम पनि आफूले आयोजना नगरेको बताएका थिए। उनले आफू एक्लै भए पनि आन्दोलन जारी रहने र आफ्नो बानी नै यस्तै भएको बताए। उनले राष्ट्रपति निवासमा पुग्दा पानी खान दिँदा पनि विदेशीको पानी खान्न भनेर नखाएको दाबी गरे।

कार्यक्रममा होहल्लासँगै धकेलाधकेल भएपछि कार्यक्रमस्थलमा प्रहरी पुगेर सुदनलाई जोगाएका थिए। कार्यक्रममा हातमा ब्यान्डेज बाँधेर आएका एक व्यक्तिले कार्यक्रममा सहभागीलाई धकेलेर लखेटेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो। गुरुङले प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहपछि उनको खुट्टामा साष्टाङ दण्डवत् गरी भ्रष्टाचारीहरूमाथि कारवाही गर्न विनम्र अनुरोध गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर