जेन–जी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

काठमाडौं । जेन–जी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने भएको छ । उनीहरुलाई शहीद घोषणा गरेर उनीहरुका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने पनि प्रधानमन्त्री सुशीला कार्कीले घोषणा गरेकी छन् ।
उनले घाइतेहरुको निःशुल्क उपचार व्यवस्था गर्न पनि निर्देशन दिएकी छन् । जेन–जी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ ।
जसमा आन्दोलनकारीतर्फ ५९ जना शहीद भएका छन् भने प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । कारागारबाट भाग्ने क्रममा झडप हुँदा १० जना मारिएका छन् । हाल १३४ प्रदर्शनकारीको उपचार भइरहेको छ । प्रहरीतर्फ ५७ जना उपचाररत रहेका छन् ।
प्रतिक्रिया