जेन–जी प्रदर्शन : मृतकको संख्या ७२ पुग्यो

काठमाडौं । मुख्य सचिव एकनारायण अर्यालले जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको जानकारी दिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा उनले उक्त तथ्यांक सार्वजनिक गरेका हुन्।

मुख्य सचिव अर्यालका अनुसार आन्दोलनमा ५९ प्रदर्शनकारी, १० कैदीबन्दी र ३ सुरक्षाकर्मी गरी ७२ जनाको ज्यान गएको छ। यस्तै, १३४ प्रदर्शनकारी र ५७ प्रहरी घाइते भएका छन्।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध भदौ २३ गतेदेखि सुरु भएको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा विभिन्न ठाउँमा आगजनी भएको थियो।

आगजनीका घटनामा समेत मानवीय क्षति भएको छ।मृतक सबैको सनाखत अझै हुन सकेको छैन। जलेका क्षेत्रहरू सफा गर्ने क्रममा शवहरू भेटिने क्रम जारी छ। आज बिहान चाबहिल चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको शव फेला परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर