कर्फ्यु र निषेधाज्ञा हटेपछि काठमाडौं जनजीवन सामान्य

काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा लगाएको कर्फ्यु र निषेधाज्ञा अहिले थपेको छैन । जेनजी आन्दोलनपछिको विषम परिस्थिति र असुरक्षाको कारण देखाउँदै सेनाले ४ दिनदेखि दैनिक निषेधाज्ञा र कर्फ्यु आदेशसम्बन्धी सूचना जारी गर्ने गरेको थियो । तर, शनिबार साँझबाट भने थप सूचना आएको छैन ।

सेनाले कर्फ्यु र निषेधाज्ञा लगाउँदै आएकोमा अब जिल्ला प्रशासन कार्यालयहरूले आवश्यकताअनुसार निर्णय गर्न थालेका छन् । कर्फ्यु र निषेधाज्ञा नथपिएसँगै आज बिहानैदेखि उपत्यकाको सडकमा चहलपहल बढेको छ । कर्फ्यु र निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बनेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर