सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त हुँदै, प्रतिनिधिसभा विघटन हुने निश्चित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। राष्ट्रपतिको सचिवालयका सूत्रका अनुसार कार्कीलाई अबको केहीबेरमा शपथ ग्रहण गराउन तयारी गरिएको छ ।
कार्की र जेनजी समूहले प्रतिनिधिसभा विघटनको माग गरेको तर राष्ट्रपति पौडेल पहिले राजी नभएपछि शुक्रबार दिनभर परामर्शमा समय बितेको थियो । कार्की र जेनजी समूहले फेरि आन्दोलन घेराउ गर्ने बताएपछि राष्ट्रपतिको सोचाइमा परिवर्तन आएपछि र साँझपख बेलुका प्रमुख दलहरुसँगको सल्लाहपछि राष्ट्रपति प्रतिनिधिसभा समेत विघटन गर्न राजी भएपछि कार्की प्रधानमन्त्री बन्न राजी भएको बताइन्छ ।
कार्कीले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेलगत्तै बस्ने मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रस्ताव पारित गर्ने र त्यस प्रस्तावलाई राष्ट्रपति स्वीकृत गर्ने राजनीतिक समझदारी बनेको पनि बताइन्छ ।