सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपतिनिवास, अख्तियार सबैतिर आगजनी
काठमाडौं । जेनजी प्रदर्शनमा सोमबार सरकारी दमनपछि धेरै युवाहरुको ज्यान जानुका साथै सयौँ घाइते भएका थिए। त्यसपछि मंगलबार जेनजी प्रदर्शन नेताहरुको निवासलक्षित भएको छ। युवाहरुले उनीहरुको निवासमा आगजनी गरेका छन्। योसँगै महत्त्वपूर्ण प्रशासनिक निकाय सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपतिनिवास शीतलनिवास, अख्तियार केन्द्रीय कार्यालयलगायत सबैतिर आगजनी गरेका छन्।
केही व्यावसायिक प्रतिष्ठानहरुमा समेत आगजनी गरेका छन्। सोसँगै राष्ट्रपति रामचन्द्र पौडेलले पनि संयम अपनाउन आग्रह गर्दै जेनजीलाई वार्तामा बोलाएका छन्। यसबाहेक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, डा सन्द्क रुइत, कुलमान घिसिङलगायतले प्रदर्शनकारीलाई संयम रही सार्वजनिक सम्पत्तिमा नोक्सान नगर्न अनुरोध गरेका छन्।


प्रतिक्रिया
