देउवा, आरजु र लेखकको घरमा आगजनी, एमाले च्यासलमा तोडफोड
(धनगढीस्थित आरजु देउवाको घर)
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको धनगढीस्थित घरमा आगजनी गरेको छ । यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।
देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । यस्तै, युवाहरूको समूहले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् । यता निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् । अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् ।
प्रतिक्रिया
