केपी ओली आतंककारी हुन् : मेयर बालेन

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आतंककारीको संज्ञा दिएका छन्।जेनजी पुस्ताको प्रदर्शनमा दमन गरी १९ जनाको हत्या र चार सयभन्दा बढी घाइते गराएको भन्दै सोमबार राति सामाजिक सञ्जालमा लेखर उनले उक्त संज्ञा दिएका हुन् ।

मेयर साहले प्रधानमन्त्री ओलीलाई भने,‘तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस। यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस, आतंकवादी होस।#kpoliisterriorist’

जेनजी पुस्ताले हिजो सोमबार भ्रष्टाचार, कुशासन, सामाजिक सञ्जाल बन्द, नेताका छोराछोरीको विलाशी जीवनशैलीलगायतविरुद्ध देशव्यापी प्रदर्शन गरेका थिए। सो क्रममा नेपाल प्रहरी गोली चलाउँदा १९ जनाको मृत्यु र चार सयभन्दा बढी घाइते भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर