प्रधानमन्त्री ओली चीन भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी बुधबार राति स्वदेश आइपुगेका हुन् ।

प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाइ सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन पुगेका थिए ।  भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग बेइजिङमा भेटवार्ता गरेका थिए । यसबाहेक शिखर सम्मेलनमा उनले बहुपक्षीय सम्बन्ध र क्षेत्रीय सहयोगमा जोड दिँदै सम्बोधन गरेका थिए ।

एससीओ सन् २००१ मा स्थापित विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एक हो । यसका पूर्ण सदस्य राष्ट्रमा चीन, रुस, भारत, पाकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस रहेका छन् ।

अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्र हुन् । यस्तै, नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, माल्दिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संगठनका संवाद साझेदार (डायलग पार्टनर) हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर