साँगा–धुलिखेल सडक खण्डको निर्माण कार्य फेरि सुरु

काठमाडौं ।   वर्षाले केही समय रोकिएको साँगा–धुलिखेल सडक खण्डको निर्माण कार्य फेरि सुरु भएको छ । निर्माण कम्पनीले पुल बजार क्षेत्रबाट केही समयमै पिच गर्ने कार्य प्रारम्भ हुने जानकारी दिएको छ । बर्खा कम भएसँगै अहिले सडकको सम्म्याउने, ढलान बनाउने, र ग्राभेल बिछ्याउने काम तीव्र पारिएको छ ।
निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका अनुसार, पहिलो चरणमा पुल बजारदेखि साँगासम्म केही किलोमिटरको दूरीमा पिच सुरु गरिनेछ र त्यसपछि क्रमशः अन्य क्षेत्रतर्फ अघि बढाइने निर्माण कम्पनीका व्यवस्थापक रवीन्द्र श्रेष्ठले जानकारी दिएको छ ।
निर्माणाधीन सडक अन्तर्गत साँगा–धुलिखेल सडक खण्डमा हालसम्म ५२ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका प्रा.लीका व्यवस्थापक रवीन्द्र श्रेष्ठले जानकारी दिनु भयो । कम्पनीका अनुसार, अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण ९० प्रतिशत काम सम्पन्न भएको छ ।
 भक्तपुर सूर्य विनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी विस्तारको काम २०७९ पुस २४ मा सुरु भएको थियो । ३६ महिनामा सम्पन्न गर्ने गरी सडक विस्तारका लागि साँगा–धुलिखेल ८.५ किमी सडक खण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा लामा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर