राज्यव्यवस्था समितिको सभापतिको निर्वाचन भदौ ११ गते

काठमाडौं ।  प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन भदौ ११ गते बुधबार बिहान हुने तय भएको छ ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ (१) अनुसार निर्वाचन मिति तोकिएको संसद सचिवालयले जनाएको छ । सोमबार महासचिव पदमप्रसाद पाण्डेले जारी गरेको सूचनामा निर्वाचनको समय निर्धारण गरिएको र सबै सांसदलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ ।

सभापति पद खाली हुँदा समितिको सञ्चालनमा असर नपरोस् भनेर निर्वाचन तयारी भइरहेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर