मुग्लिङ-नारायणगढ सडक दुईतर्फी अवरुद्ध

काठमाडौं ।  चितवनको मुग्लिङ-नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको छ । तुइन खोला नजिक सुख्खा पहिरो जाँदा मुग्लिङ-नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै दुवै तर्फ सवारी लामबद्ध भएका छन् । पहिरो पन्छाउन १/२ घण्टा लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

त्रिभुवन राजपथ सडक सञ्चालनमा

यसैबीच काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको छ । त्रिभुवन राजपथ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरामा गिट्टी बालुवासहितको भलपानी खस्दा गए रातिदेखि सो सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक विभागसँग समन्वय गरी पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यता हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अझै अवरुद्ध छ । सो सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा वर्षासँगै माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको र छिट्टै सडक सञ्चालनमा आउने प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर