भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं

काठमाडौं ।  भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री केही बेरअघि काठमाडौं आइपुगेका हुन् ।

उनी विमानस्थलबाट सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन काठमाडौं आएका हुन् । उनले १०ः३० प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बूढानीलकण्ठ जानेछन् । त्यहाँ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ । देउवासँगको भेटपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा लगायतसँग महत्वपूर्ण भेटघाट आजै गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर